८ मंसिर २०८१, शनिबार

पूर्वी नेपालमा रेमल चक्रवातको सामान्य प्रभाव, कोशीसमेत चार प्रदेशमा वर्षा हुने

प्रकाशित मिति :  28 May, 2024 6:57 am


काठमाडौँ। नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पुर्वी भुभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ।

मंगलवार बिहानीपख गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ।

मंगलवार दिउँसो र राती कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार गण्डकी प्रदेश, मधेश प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !