आज गणतन्त्र दिवस
काठमाडौँ। आज गणतन्त्र दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउँदै आइएको छ ।
यो वर्ष वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने भएको छ ।
हरेक वर्ष टुँडिखेलमा मुल समारोह गरी मनाइन्छ भने देशविदेशमा दिवस मनाइन्छ । गणन्त्रको उपलब्धी संस्थागत गर्नुपर्ने विषय हरेक वर्ष उठ्दै आएको छ ।
तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहले संसद विघटन गर्दै प्रत्यक्ष शासन चलाउन थालेपछि आन्दोलन भएको थियो । शाहले २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका गरेपछि गठित संविधानसभाले नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेको हो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसदीय राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा ०६२/६३ को आन्दोलन सफल भएको थियो ।