९ कार्तिक २०८१, शुक्रबार

आज १ बजे संघीय सभाको संयुक्त बैठक, आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

प्रकाशित मिति :  28 May, 2024 7:30 am


काठमाडौँ। आज (मंगलवार) दिनको १ः०० बजे ङ्घीय संसद्को संयुक्त बैठक बस्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्ने एक मात्र कार्यसूची रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दैछन् । नेपाली कांग्रेसले दैनिकजसो संसदमा विरोध गर्दै आएकोमा संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरु सकारात्मक रहेकाले बजेट सहज वातावरणमा अनुमान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिच छलफल भएको थियो । सहमतिनजिक पुगेको छलफलको विषयलाई आज अन्तिम रुप दिइने भएको छ ।



प्रतिक्रिया दिनुहोस !