गणतन्त्रको उपलब्धि संस्थागत गर्न ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ अभियानः मुख्यमन्त्री महरा
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले लोकतन्त्रबाट प्राप्त उपलब्धिको संस्थागत गर्न लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश अभियान अगाडि बढिरहेको बताएका छन् ।
गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै महराले नेपाली जनताको लामो संघर्ष र बलिदानले संघीय गणतन्त्रात्मक व्यवस्था स्थापना भएको स्मरण गर्दै गणतन्त्र संस्थागत गर्न कटिवद्ध रहेको बताएका हुन् ।
शुकामना सन्देशमा भनिएको छ, “ऐतिहासिक जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएको गणतन्त्र, संविधान, धर्म निरपेक्षता, समावेशी समानुमातिक प्रणालीसहितको संघीय लगायतका उपलब्धिबाट नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भइ आर्थिक, भौतिक तथा सामाजिक विकासका माध्यमबाट न्यासहितको समृद्ध प्रदेश तथा समृद्ध राष्ट्र निर्माण गर्नृ अहिलेको हाम्रो प्राथमिक कार्यभार हो । यसलाई पुरा गर्न लुिम्बनी प्रदेश सरकार समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश को अभियानका साथ अगाडि बढिरहेको छ।”