७ माघ २०८१, सोमबार

विपक्षी दलको बैठक सुरु

प्रकाशित मिति :  28 May, 2024 10:55 am


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको विपक्षी दलहरुको बैठक सुरु भएको छ । वानेश्वरस्थित संसद भवनको कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको हो ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

आज सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट ल्याउँदैछ । त्यसअघि देउवाले विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको छुट्टाछुट्टै छलफल गर्न बैठक बसेको हो ।

आज दिउँसो १ बजे बजेट सार्वजनिकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बोलाइएको छ। त्यसअघि मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नेछ।



प्रतिक्रिया दिनुहोस !