२५ पुस २०८१, बिहिबार

टीओआरमा अन्तिम सहमति जुटाउन कार्यदलको बैठक जारी

प्रकाशित मिति :  28 May, 2024 12:43 pm


काठमाडौं । सिंहदरबारा संसदीय छानविन समितिको कार्यदेश (टिओआर)मा सहमति जुटाउन बैठक बसिरहेको छ । कानुन मन्त्रालयमा जारी बैठकमा सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न टिओआरमा सहमति जुटाउन बैठक बसिरहेको स्रोतले जनाएको छ ।

हिजो बालुवाटारमा शीर्ष नेताहरूको बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेसँगै टीओआरलाई आज अन्तिम रूप दिन लागिएको हो । कार्यदलले अन्तिम रूप दिएपछि कार्यादेश शीर्ष नेताहरूले टुंग्याउने छन् ।

सरकार र कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको छ । समितिमा पाँच दलका प्रतिनिधि रहनेछन् । जसमा एमाले र कांग्रेसबाट दुईरदुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एकरएक जना रहने छन् । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !