२३ भाद्र २०८१, आइतबार

स्याङ्जाकाे बिरुवा गाउँपालिकामा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित मिति :  28 May, 2024 1:23 pm


काठमाडाैँ । सिंह शार्दुल गुल्म आँधीखोला व्यारेक स्याङ्जाको आयोजनामा बिरुवा गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको हो ।

स्वास्थ्य कार्यालय स्याङ्जा, जिल्ला अस्पताल, भीरकोट स्वास्थ्य चौकी र बिरुवा गाउँपालिकाको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न हुने आँधीखोला व्यारेकले जनाएको छ । बिरुवा गाउँपालिकाको वडा नम्बर ८ स्थित मेथाभुरुङ भीरकोट स्वास्थ्य चौकीमा जेठ १६ र १७ गते स्वास्थ्य शिविर आयोजना गरिएको आँधीखोला व्यारेकका गुल्मपति पुरुषोत्तम कार्कीले जानकारी दिए ।

शिविरमा छाला तथा यौन रोग, पेट, छाती तथा मुटु रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाटी, स्त्री रोग तथा प्रसुती सेवा, दन्त चिकित्सक सेवा सहित बिशेषज्ञ चिकित्सकबाट बाल रोग, भिडियो एक्सरे लगायतका सेवा उपलब्ध हुने गुल्मपति कार्कीले बताए ।

झण्डै ६ सय जनालाई यो सेवा पु¥याउने लक्ष्य सेनाले लिएको छ ।



प्रतिक्रिया दिनुहोस !