७ माघ २०८१, सोमबार

संसदीय छानबिन समितिको ‘टीओआर’ मा सहमति

प्रकाशित मिति :  28 May, 2024 1:40 pm


काठमाडाैँ । सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरूबिच सहमति भएको छ ।

मंगलबार दिउँसो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेशको टुंगो लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा कार्यदल सदस्य शिशिर खनालले जानकारी दिए । कार्यदल अहिले सहमति बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको नाम उल्लेख हुनुपर्ने अडान राख्दै आएको थियो भने सत्ता पक्षका दलहरू लामिछानेको नाम उल्लेख नगर्ने अडानमा थिए । अन्ततः समितिको क्षेत्राधिकार र कार्यादेश तय गर्न कानुन मन्त्री पदम गिरिको संयोजकत्वमा गठित कार्यदलले छानबिन समितिमा ४ बुँदे सहमति जुटाएको हो ।

छानबिन समिति भने ७ सदस्यीय हुने जनाइएको छ । जसमा नेकपा एमालेबाट २, नेपाली कांग्रेसबाट २, माओवादी, रास्वपा र राप्रपाबाट समान १(१ जना सदस्य रहने जनाइएको छ । समितिको समयसीमा ३ महिना तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !