सरकारले गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउन
प्रकाशित मिति : 28 May, 2024 3:36 pm
काठमाडौं । सरकारले गाँजाको व्यावसायिक उत्पादन गर्न प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१८२ वर्षको बजेट प्रस्तुत गर्दै औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने बताएका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैँया विनियोजन गरेको छ ।