१० माघ २०८१, बिहिबार

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने सरकारको घोषणा

प्रकाशित मिति :  28 May, 2024 3:32 pm


काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

मुलुकमा उच्चदरको आर्थिक वृद्धिका लागि सम्भाव्य क्षेत्रको पहिचान गरी नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अघि बढाउनका लागि सुझाव लिनेगरी सो उच्चस्तरीय आयोग गठन गर्ने व्यवस्था गरिएको अर्थमन्त्री पुनले बताए ।

उनले मुुुलुकको आर्थिक विकासका लागि लगानीमैत्री वातावरण निर्माणका गर्नका लागि विद्यमान ऐनमा परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

अर्थमन्त्री पुनले वाह्य लगानीको सुनिश्चितताका लागि सरकारले लगानीमैंत्री वातावरण निर्माणमा जोड दिने नीति लिएको बताए ।



प्रतिक्रिया दिनुहोस !