सरकारले आगामी वर्षदेखि बंगलादेश बिजुली निर्यात गर्ने
प्रकाशित मिति : 28 May, 2024 3:47 pm
काठमाडौं । सरकारले आगामी वर्षदेखि नेपालले बंगालादेशमा बिजुली निर्यात गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा खपत भएर बाँकी रहेको बिजुली बंगलादेश निर्यात गरिने बताएका छन् ।
त्यस्तै आगामी वर्षदेखि ९ सय मेगावाट विद्युुत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउँने लक्ष्य सरकारले लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा बताए ।
प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याइने पुनले बताए । विद्युत प्रसारण लाइन विस्तारमा नीजि क्षेत्रको पनि सहभागी गराइने बताइएको छ ।