सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गरिने
प्रकाशित मिति : 28 May, 2024 4:08 pm
काठमाडौँ । सरकारले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने भएको छ ।
अगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सहकारीकाे कानुनमा आवश्यक संशोधन गरी सहकारी सञ्चालन हुने व्यवस्था मिलाउने बताएका छन् ।
बचत तथा ऋण सहकारी संस्थालाई एकआपसमा गाभिन सहजीकरण गर्ने उनले बताए ।
बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा रु ५ लाखसम्म बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने उनको भनाइ थियो ।