२३ भाद्र २०८१, आइतबार

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

प्रकाशित मिति :  28 May, 2024 4:36 pm


काठमाडौँ । सरकारले पहिलो पटक प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको घोषणा गर्दै १० करोड बजेटको समेत व्यवस्था गरेको छ ।

मंगलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले छोरीलाई शिक्षा र सीप प्रदान गर्न र उद्यमशीलता विकास गर्न सो कार्यक्रमको घोषणा गर्दै आगामी आर्थिक वर्षका लागि बजेटको समेत व्यवस्था गरेको हो ।

प्रदेश र स्थानीय सरकारको सहकार्यमो सो कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !