१० माघ २०८१, बिहिबार

सार्वजनिक संस्थानलाई एकीकृत रुपमा होल्डिङ कम्पनीमार्फत सञ्चालन गरिने

प्रकाशित मिति :  28 May, 2024 5:02 pm


काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई एकीकृत रुपमा होल्डिङ कम्पनीमार्फत सञ्चालन गरिने भएको छ ।

मंगलवार संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक संस्थानको नाममा रहेको जग्गाको क्षेत्रफल र चारकिल्ला एकिन गरि सस्थानको सम्पत्ती संरक्षण गर्ने बताएका हुन् । सार्वजनिक संस्थानलाई एकिकृत रुपमा होल्डिङ कम्पनीमार्फत सञ्चालन गर्न कानुनी व्यवस्था गर्ने घोषणा गरे ।

त्यसैगरि सार्वजनिक संथानलाई सम्भाव्यताका आधारमा पव्लिक कम्पनी लिमिटेडमा रुपान्त्रण गरिने मन्त्री पुनले बताए । उत्पादन र रोजगारमा योगदान गर्न सक्ने सम्भावना रहेका रुग्न उद्योग निजी क्षेत्रको साझेदारीमा ल्याइने भएको छ ।

बन्द अवस्थामा रहेको विराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायताका उद्योग सार्वजनिक निजी साझदारीमा सञ्चालनमा ल्याइने भएको छ ।



प्रतिक्रिया दिनुहोस !