सरकारले सहकारी सञ्चालकको सम्पत्ति बेचेर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने
प्रकाशित मिति : 28 May, 2024 5:09 pm
काठमाडौँ । सहकारी सञ्चालकको सम्पती बेचेर पाँच लाख रुपैयाँ सम्मको वचत फिर्ता गर्ने सरकारले घाेषणा गर्ने भएका छन् ।
मंगलवार संसदमा आर्थिक वर्ष २०८१\०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले बचत तथा सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताए ।
उनले वचत तथा ऋण सहकारीलाई एक आपसमा मर्ज हुन सहजिकरण गरिने बताए ।