स्टिल मिल्क क्यान आयात: भन्सार महसुल १ प्रतिशत
प्रकाशित मिति : 28 May, 2024 5:50 pm
काठमाडौँ । सरकारले दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको भन्सार महसुल घटाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१\८२ को बजेट प्रस्तुत गर्दै दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाई १ प्रतिशत मात्र कायम गरेको बताए ।