जेठ २० गतेसम्म प्रतिनिधि सभा स्थगित, २३ गते अर्थमन्त्रीले जवाफ दिने
प्रकाशित मिति : 28 May, 2024 7:17 pm
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१\०८२ को राजश्व र व्ययको वार्षिक अनुमानका प्रति राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१\०८२ को राजश्व र व्ययको वार्षिक अनुमानका प्रति राष्ट्रिय सभामा प्रस्तुत गरेका हुन् ।
प्रस्तुत भएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी आर्थिक वर्ष २०८१\०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल गर्न जेठ २०,२१ र २२ गतेलाई तोकेको जानकारी गराए । अर्थमन्त्रीबाट जवाफका लागि जेठ २२ गतेको दिन निर्धारण गरिएको पनि बताए ।
राष्ट्रिय सभाको अर्को बैठक जेठ २० गते आइतवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।