७ माघ २०८१, सोमबार

एमाले चितवनको अध्यक्षमा पाठक

प्रकाशित मिति :  29 May, 2024 7:07 am


चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट पाठक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

बुधबार बिहान सम्पन्न मतगणना अनुसार ६ सय ६ मत प्राप्त गर्दै पाठक अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्दी घनश्याम कँडेलले ९३ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका हुन ।

प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो । अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनीत २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !