७ माघ २०८१, सोमबार

सरकारले ल्याएको बजेट सन्तुलित र संयमित छः विनोद चौधरी

प्रकाशित मिति :  29 May, 2024 7:43 am


काठमाडौँ। नेपाली काँग्रेसका सांसद विनोद चौधरीले सरकारले ल्याएको बजेट सन्तुलित र संयमित रहेको प्रतिक्रिया दिएका छन्।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले अर्थतन्त्र कठिन परिस्थितिमा गुज्रिरहेको बेलामा मुलुकको राजश्व उठ्ने आधार नभएको अवस्थामा मुलुकले धान्न नसक्ने बजेट आउने चिन्ता भएपनि त्यस्तो नभएको बताए।

चौधरीले सरकारले राखेको पाँच प्राथमिकता क्षेत्र मध्ये आइटीलाई बजेट अनुसार कार्यान्वयन गर्नसक्दा युवाहरुलाई रोजगारी र आर्थिक गतिविधिमा सहभागिता गराउन सक्ने आधार रहेको प्रतिक्रिया दिए।

उनले सरकारले सय सैयाका अस्पतालहरुलाई नर्सिङ क्याम्पस बनाउने कुरालाई सुखद् मान्न सकिने बताए। मुलुकमा युवा रोक्नको लागि सहजता प्रदान गर्ने विश्वास उनको छ ।

चौधरीले ेनिजी क्षेत्रसँग साझेदारी गरेर विभिन्न कार्यक्रम गर्नेकुरा सकारात्मक रहेको बताए।

चौधरीले भने, “अर्थतन्त्र कठिन परिस्थितिमा गुज्रिरहेको बेलामा मुलुकको राजश्व उठ्ने आधार नभएको अवस्थामा मुलुकले धान्न नसक्ने बजेट आउने चिन्ता थियो । त्यो देखिएन । सरकारले ल्याएको बजेट सन्तुलित र संयमित बजेट रुपमा आएको बजेटको रुपमा मान्छु ।”

सरकारले १२ खर्बको राजश्व संकलन उठ्ने कुरामा सम्भव नदेखिएको चौधरीको भनाइ छ । सरकारले मुलुकमा आर्थिक गतिविधि बढाउन काम गर्दै आन्तरिक ऋण उठाएर मुलुकको साधरण खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !