९ माघ २०८१, बुधबार

ठगहरूले केही ठूला सहकारी बद्नाम र समस्याग्रस्त बनाएः ओली

प्रकाशित मिति :  29 May, 2024 5:27 pm


काठमाडाैँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् ।

पार्टी निकट जन वर्गीय संगठन संयन्त्रद्वारा काठमाडौँमा सुरू भएको राष्ट्रिय महिला भेलामा बोल्दै अध्यक्ष ओलीले सहकारीलाई माध्याम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र संकटग्रस्त हुन गएको ओलीको तर्क थियो ।

उनले सहकारी संस्थाहरू बदनाम र संकटग्रस्त नभएको जिकिर समेत गरे । सहकारीहरू नियममा बसेर अघि बढने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत बताए ।

उनले सहकारीको माध्यामबाट भएपनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रूपमा विकास गर्नेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !