२४ पुस २०८१, बुधबार

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

प्रकाशित मिति :  29 May, 2024 6:34 pm


काठमाडौँ । असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ ।

पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन् भन्ने उद्देश्यले पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको हो ।

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चारवटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !