यस्तो रहनेछ बिहीवारको मौसम
काठमाडौँ। नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
बिहीवार बिहानीपख कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्या्ङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
तराइमा तातो हावा बहने पूर्वानुमान छ । त्यस क्षेत्रमा कतिपय विद्यालयहरुले छुट्टी दिन थालेका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।