७ माघ २०८१, सोमबार

एनसेलले अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक ७० प्रतिशतसम्म घटायो

प्रकाशित मिति :  30 May, 2024 7:21 am


काठमाडौँ। एनसेलले आफ्नो रोमिङ डेटा शुल्क घटाउँदै शुल्क परिमार्जन गरेको छ । अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्डमा शुल्क परिमार्जन गरिएको हो ।

जेठ ८ गतेदेखि लागू भएकोे डेटा रोमिङ प्याक लिँदा भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइनेछ । मुलुक बाहिर रहँदा सम्बन्धित मुलुकको सिम लिई राख्नु आवश्यकता नपर्ने अवस्था सिर्जना गर्न यसो गरिएको एनसेलले जनाएको छ ।

कर सहित दैनिक ७९ रुपैयाँ ८८ पैसामा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन् । यो शुल्क यस अघिको दैनिक १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम हो ।

चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरुले कर सहित मात्र १९०.१८ मा प्रति दिन डेटा सेवा उपलब्ध रहेको एनसेलले जनाएको छ ।

परिमार्जन अघि यी गन्तव्यहरुमा दैनिक डेटा रोमिङको शुल्क ६३३.९३ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ ।
एष्ट्रि«क्स १७१२९एष्ट्रि«क्स२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुचारु गर्न सक्छन् ।

प्रिपेड ग्राहकले एष्ट्रि«क्स१२३ह्यास डायल गरी यो प्याक सजिलै लिन सक्छन् । इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेभसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको छ ।

यो प्याक सुचारु गर्न कुनै शुल्क पनि लाग्दैन । यी देशहरुमा जादाँ रोमिङ स्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् ।

अन योजनालाई ध्यानमा राख्दै परिमार्जन गरिएको डेटा रोमिङको शुल्कले यी देशहरुमा विविध उदेश्यका राखी यात्रा गर्ने एनसेलका ग्राहकलाई ठूलो महत्वराख्ने विश्वास एनसेलले लिएको जनाएको छ ।

ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानु भन्दा अधि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सक्छन् ।

एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशहरुमा उपलब्ध छ ।



प्रतिक्रिया दिनुहोस !