७ माघ २०८१, सोमबार

राप्रपा भक्तपुरमा बलियो शक्तिको रुपमा उदाउनेछः पशुपति समशेर जबरा

प्रकाशित मिति :  30 May, 2024 8:38 am


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले भक्तपुर जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको उर्वरा क्षेत्र भएको बताएका छन्।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भक्तपुरमा राप्रपाको संगठन बलियो रहेको बताए।

जबराले युवा वर्ग र संगठन लाग्ने हो भने राप्रपा भक्तपुरमा बलियो शक्तिको रुपमा उदाउने जिकिर गर्दै भक्तपुरसहित देशभर नै राष्ट्रिय चुनावमा राप्रपाले सफलता हासिल गरेको देख्न चाहेको बताए।

उनले भने, “भक्तपुर जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको उर्वरा क्षेत्र हो । यहाँको संगठन अत्यन्त दरो छ । अत्यन्त मजबुत छ । युथ कसिएर लागेदेखि एक दिन न एक दिन हामीले कुनै किसिमको राष्ट्रिय चुनावमा सफलता हाँसिल गरेको म दिलैदेखि हेर्न चाहन्छु । यो अत्यन्त राम्रो ठाउँ हो । यहाँको उर्वरा शक्ति छ ।”

सांसद जबराले भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी शक्तिशाली भएर आउने दाबी गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !