राप्तीमा एक हप्ते कृषि तथा पशुपालन सम्बन्धी तालिम सम्पन्न
प्रकाशित मिति : 30 May, 2024 8:44 am
देउखुरी । दाङको राप्ती गाउँपालिकामा एक हप्ते कृषि तथा पशुपालन सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ।
गाउँपालिकाको उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत सो तालिम सम्पन्न भएको हो।
पालिकाले कृषिकहरुलाई व्यवसायिक कृषि र पशुपालन सम्बन्धी ज्ञान अभिवृद्वि गर्ने उदेश्यले तालिमको आयोजना गरेको हो।
तालिममा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले पशु पालनका फाईदा,चुनौती र नविन्तम प्रविधिका बारेमा र कृषि विकास शाखा प्रमुख वर्षाती गडरीया र प्रविधिक निर्मला गिरीले व्यवसायीक तथा बेमौसमी फलफूल तथा तरकारी खेतीको बारेमा सहभागीहरुलाई प्रशिक्षण गरेका थिए।
तालिममा गत महिना तालिमको लागि प्रकाशित सुचना अनुसार फारम भरेका १३ जना कृषकहरुको सहभागिता रहेको थियो ।