७ माघ २०८१, सोमबार

शनिवारदेखि नेशनल चेस च्याम्पियनसिप हुने

प्रकाशित मिति :  31 May, 2024 7:08 am


काठमाडौँ। नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा जेठ १९ गतेदेखि देखि २४ गतेसम्म नेशनल चेस च्याम्पियनसिप हुने भएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसकारेमा आयोजकले जानकारी दिएको हो । काठमाडौको लाजिम्पाटस्थित होटल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिप अन्तर्गत २४ औं खुल्ला एवं ९ औं महिला राष्ट्रिय च्याम्पियनसीप सञ्चालन गरिने बताइएको छ ।

राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपको दुवै विधामा १२/१२ जना खेलाडीले सहभागीता जनाउने छन् । नेशनल बी च्याम्पियनसिपबाट छनौट भएका पुरुष र महिला ९/९ जना तथा २३ औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेताहरु सहभागीता हुने बताइएको छ ।

राष्ट्रिय प्रतियोगितामा २३ औं नेशनल च्याम्पियनसीपका विजेता रुपेश जैशवाल, उप विजेता क्षितिज भण्डारी र सुरवीर लामा हुन भने आठौं नेशनल च्याम्पियनसीपका विजेता महिला फिडेमास्टर सुजना लोहनी, उप विजेता सुशीला गुरुङ र तृतीय शान्ति धिमालले प्रतिष्पर्धा गर्नेछन् ।

हालै भक्तपुरमा सम्पन्न नेशनल बिबाट छनौट भएका खेलाडीहरु पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, सुरोज महर्जन, प्रकाशचन्द्र नेपाल, प्रेमकृष्ण महर्जन, राजन सुवेदी, राजिव कार्की र श्रुसुरत दाहालले प्रतिष्पर्धा गर्ने आयोजकले बताएको छ ।

नेशनल बीबाट छनौट भएका कृतिसारा अधिकारी, सिन्दिरा जोशी, रिया श्रेष्ठ, पूजा भण्डारी, विनिता कपाली, अंशुदिल प्रजापती, पूनम प्रसाइँ, श्रेया दुवाल र सविना गुजले खेल्नेछन् ।

सुरवीर लामा थाईल्याण्ड र सुजना लोहनी अष्ट्रेलियामा रहेको कारण वैकल्पिक खेलाडी खुल्लामा सुशील चौधरी र महिलातर्फ प्रसन्न किवनायोले उनीहरुको स्थानमा खेल्ने पनि आयोजकले जनाएको छ ।

च्याम्पियनसिपका विजेताले आगामी फिडे जोन ३।२ चेस च्याम्पियनशीप एवं कन्टिनेन्टलमा सहभागीता जनाउनेछन् । त्यसैगरी २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडको लागि पुरुषतर्फबाट तीन जना र महिलाबाट ४ जनाले सहभागिता सुनिश्चित गर्नेछन् ।

प्रत्येक वर्ष आयोजना हुने नेशनल च्याम्पियनसीपमा शिर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २५ औं खुला तथा दशौं महिला राष्ट्रिय च्याम्पियनसीपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेशनल बी मा प्रतिष्पर्धा गर्नुपर्नेछ ।

च्याम्पियनसीपको अनुमानित लागत १३ लाख ५० हजार रहेको आयोजकले बताएको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !