७ माघ २०८१, सोमबार

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर

प्रकाशित मिति :  31 May, 2024 7:51 am


काठमाडौँ। दाङको तुलसीपुर नजिक अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक र सवारको मृत्यु भएको छ । अटोरिक्सा चालक गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

गम्भीर घाइते भएका अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापाको नेपालगञ्ज लगेर उपचार भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !