१० माघ २०८१, बिहिबार

सगरमाथा आरोही पौडेललाई स्याङ्जामा नागरिक अभिनन्दन

प्रकाशित मिति :  31 May, 2024 11:23 am


काठमाडौँ । सर्वोच्च शिखर सगरमाथामा पालिकाको झण्डा र अन्धान्धी तथा श्रवणकुमारको तस्बिर फहराउने सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई स्याङ्जाको आँधिखोला गाउँपालिकामा नागरिक अभिनन्दन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत आँधिखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबासका ३६ वर्षीय पौडेलले सगरमाथामा सफल आरोहणसँगै पालिकाको झण्डा र अन्धाअन्धी तथा श्रवण कुमारको तस्बिर फहराएका थिए ।

गत चैत २० गते शेर्पा एक्स्ट्रिम प्रालिमार्फत सगरमाथा आरोहणमा जानु भएका पौडेलले जेठ ७ गते बिहान १०ः२० बजे सफल आरोहण गरेका हुन् ।

सर्वोच्च शिखर सगरमाथामा झण्डा फहराएर र पालिकालाई विश्वमै चिनाएको प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले बताए ।

सगरमाथा आरोही पौडेललाई पालिकको प्रवेद्वारबाट पालिकाको गाडीमा बाजाँगाजाँसहित पालिका कार्यालय लगिएको थियो । पालिका कार्यालयमा नागरिक अभिनन्दन पश्चात पौडेललाई बाजाँगाजाँसहित घर पुर्‍याइएको हो ।

अभिनन्दन पश्चात् आरोही पौडेलले आफुले जन्मभूमिको झण्डा र घर नजिकैको धार्मिक स्थल अन्धाअन्दीको तस्बिर फहराएको बताउँदै नागरिक अभिनन्दन गरेर थप ऋणी बनाएको बनाएको बताए ।

सगरमाथा आरोहणमा गरेका पौडेलले २०६७ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !