९ मंसिर २०८१, आइतबार

सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ः अध्यक्ष नेपाल

प्रकाशित मिति :  31 May, 2024 11:46 am


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रूपमा नै अघि सारिएको बताए । उनले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताए । उनले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको बताउँदै समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताए ।

उनले भने, “अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । नेताहरू पनि बिग्रिएका छन् भ्रष्टाचारले, कार्यकर्ताहरू पनि बिग्रिएका छन् भ्रष्टाचारले । देश पनि बिग्रिएको छ भ्रष्टाचारले । समाज पनि बिग्रिएको छ, विकृति र विसंगतिले । त्यसैले यि सबै चिजबाट कसरी हामीले उन्मुक्ति प्राप्त गर्ने, हामी ति सबैबाट कसरी माथि बढ्ने ?”

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याउन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !