काठमाडौँ महानगरपालिका सार्वजनिक शौचालयहरूमा अब पैसा नलाग्ने
प्रकाशित मिति : 31 May, 2024 2:37 pm
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक शौचालयहरूमा अब पैसा नलाग्ने भएको छ । काठमाडौँ महानगरले एक सूचना प्रकाशित गरेर अब शुल्क नलाग्ने बताएको हो ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था भएको छ,’ सूचनामा उल्लेख छ ।
निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले नै शुल्क हटाउन लागेको हो ।
सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।