२ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ महानगरले माग्यो नगर प्रहरी

प्रकाशित मिति :  1 June, 2024 12:39 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नागरिकले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस दिन आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !