२३ भाद्र २०८१, आइतबार

देशमा रोजगारीको ठूलो समस्या छः मन्त्री अर्याल

प्रकाशित मिति :  1 June, 2024 10:24 pm


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

शनिवार जनधपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको बताए । उनले रोजगारको खोजिमा युवा पुस्ता भौंतारिरहेको अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले मेलाले श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । 

उनले भने, “देशमा आज रोजगारीको ठूलो समस्या छ । रोजगारको खोजिमा युवा पुस्ता भौंतारिरहेको छ । स्वदेशमा रोजगारी नहुँदा सानो सुविधामै विदेश जानुपर्ने बाध्यात्मक अवस्था छ । यसलाई कम गर्दै जानुपर्छ । त्यसैले हामीले यो श्रमाधान रोजगार मेला शुरु गरेका छौँ । यो मेलाले तत्काल कति रोजगारी दिन्छ भन्ने भन्दा पनि रोजगारदाता कम्पनीहरु खोज्न आवश्यक छ ।”

मन्त्री अर्यालले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको भन्दै देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !