भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ
प्रकाशित मिति : 1 June, 2024 10:42 pm
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् ।
शनिवारबाट काठमाडौँमा सुरू भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए । उनले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताए । उनले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौति अहिले रहेको बताए ।
मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताए