पाँच प्रदेशमा मेघगर्जनसहित खण्डवृष्टि हुन सक्ने
प्रकाशित मिति : 2 June, 2024 6:55 am
काठमाडौँ। नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
आइतवार बिहानीपख देशभर आंशिक देखि साधारणतया बदली रहेको भने कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती , लुम्विनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जन चट्या्ङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
http://www.hydrology.gov.np/#/?_k=8atb62