राप्तीको पिपिरीमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न
प्रकाशित मिति : 2 June, 2024 7:50 am
देउखुरी ।
दाङको राप्ती गाउँपालिकाको आयोजनामा एकदिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शनिवार वडा नं. ८ को पिपरीमा कार्यक्रममा टोल विकास संस्थाका सदस्य एवं नागरिक अगुवाहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता हरि बेल्वासेले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समितिले हेर्ने मुद्दाहरु, न्यायिक निरुपण गर्दा अपनाइने सामान्य सैद्धान्तिक आधार, स्थानीय तहबाट निरुपण हुने विवादका विविध पक्षमा प्रशिक्षण दिएका थिए।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिकि संयोजक कमलापती चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहहरुबाट हेरिने मुद्दा र यसको प्रकृतिका बारेमा जानकारी गराइएको हो।