२३ पुस २०८१, मंगलबार

उदयपुरको बेलकाबाट २७९ किलो गाँजा बरामद

प्रकाशित मिति :  2 June, 2024 11:41 am


काठमाडौँ । उदयपुरमा प्रहरीले ओसारपसारमा प्रयोग हुने गाडा र टायरसहित २७९.२७ किलोग्राम गाँजा बरामद गरेको छ ।

जिल्लाको पूर्वी बेलका नगरपालिका वडा नम्बर ८, सिसौली घाटनजिकै लुकाएर राखिएको गाजा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बेसक्याम्प डुडखोलाले बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब निरीक्षक तिलक न्यौपानेका अनुसार, आइतबार बिहान ६:५५ बजे ओसारपसार गर्ने गाडा, टायरसहित बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला पठाइएको छ ।

गाँजा ओसारपसारमा संलग्नहरूको खोजी भइरहेको, यसबारे थप अनुसन्धान थालिएको सशस्त्र बेस क्याम्प डुडखोलाका प्रमुख प्रहरी निरीक्षक जयकुमार चौधरीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !