९ माघ २०८१, बुधबार

असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्योः ओली

प्रकाशित मिति :  2 June, 2024 5:47 pm


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् ।

आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा कानी गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरूले बजेटप्रति असन्तुष्टि हो रु भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए ।
उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’

संसदमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरू भएको छ ।



प्रतिक्रिया दिनुहोस !