दुबै सदनको वैठक बस्दै, बजेटमाथि छलफल जारी रहने
प्रकाशित मिति : 3 June, 2024 8:07 am
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक सोमबार पनि बस्ने भएको छ । दुबै सदनमा बजेटमाथिको छलफल जारी रहने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । वैठकमा आर्थिक वर्ष २०८१ ०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
आइतवारबाट जारी छलफल मंगलबार सम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ। आजको वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९ ०८०’ पेस गर्ने सम्भावित कार्यसूची समेत रहेको छ ।
राष्ट्रिय सभाको वैठक १२ बजे बस्ने भएको छ । वैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल निरन्तर रहने जनाइएको छ ।