आज कोशी प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
प्रकाशित मिति : 3 June, 2024 9:43 am
काठमाडौँ । आज कोशी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेसले सोमबारको प्रदेश सभा बैठकमा भने सहभागीता जनाउने भएको छ । कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको जनाउँदै प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो।