अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ बेपत्ता
प्रकाशित मिति : 3 June, 2024 9:58 am
काठमाडौँ । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुङ्गा नदीमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता भएका छन् ।
बिहान मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुङ्गा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले बताए ।
दुर्घटनामा १३ जनाको उद्धार गरिएको छ भने अन्य पाँच जना बेपत्ता छन् । सो डुङ्गामा अधिकांश महिला र बालबालिका थिए ।