२३ भाद्र २०८१, आइतबार

फोहोरमैला सम्बन्धी राष्ट्रिय सम्मेलन सुरू

प्रकाशित मिति :  3 June, 2024 11:47 am


काठमाडाैँ । विश्व वातावरण दिवसको अवसरमा फोहोरमैला व्यवस्थापन संघ नेपालको आयोजनामा सम्मेलन सुरू भएको हो ।

सोमवार ललितपुरका जावलाखेल, पुल्चोक, मंगलबजार, इटीटोल कुमारीपाटी लगायतका स्थानमा प्रभातफेरी कार्यक्रम पनि सम्पन्न भएको छ ।

प्रभातफेरी कार्यक्रमका क्रममा बोल्दै पूर्वमन्त्री गणेश साहले श्रमीकहरूले स्वच्छ रुपमा काम गर्न पाउने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले सरसफाईको कार्यक्रम गर्नेहरुलाई आवश्यक पर्ने मास्क, पञ्जा लगायतका सामग्रीहरू पूर्ण रुपमा उपलब्ध गराउन आवश्यक रहेको बताए ।

उनले फोहोर व्यवस्थापनमा लागेका कर्मचारीहरूको लागि नियमित स्वास्थ्य परीक्षण गराउनेतर्फ स्वास्थ्य शिविरहरूको आयोजना गर्नुपर्ने बताए । उनले फोहोर सरसफाई कर्मचारीहरूको वृत्ति विकासमा जोड दिन आवश्यक रहेको बताए । उनले साना, घरेलु उद्योगतिर प्रोत्साहित गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई आवश्यक नीति निर्माण गर्न दबाब दिने बताए ।

कार्यक्रममा बोल्दै फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्यले हरेक वर्ष विश्व वातावरण दिवसको अवसर पारेर प्रभातफेरी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले फोहोरमैला व्यवस्थापनमा जनसहभागिता बढाउने र सिंगो शहरलाई सधैँ सफा राखिरहनका लागि प्रभातफेरी गरिएको बताए ।

उनले फोहोरमैला व्यवस्थापनमा नीतिगत कुराहरू स्पष्ट नरहेकाले नीति नियम व्यवस्थित गरेर फोहोरमैला व्यवस्थापनको उचित व्यवस्थापन गर्न पनि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !