७ माघ २०८१, सोमबार

संवैधानिक परिषद् विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

प्रकाशित मिति :  3 June, 2024 11:49 am


काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि (पहिलो संशोधन) विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभा बैठकमा पेश गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनले उक्त विधेयकको प्रतिवेदनमा पेश गरेका हुन् । संवैधानिका निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य विधि तथा संवैधानिक परिषदको कार्य सम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमती जुटाउन सफल भएको सभापति खतिवडाले बताए । उनले उक्त प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !