१० मंसिर २०८१, सोमबार
नीति तथा कार्यक्रम

लुम्बिनीका ७ जिल्लामा टिमुरखेती विकास कार्यक्रम,उच्च पहाडी क्षेत्रमा ओखर विकास

प्रकाशित मिति :  3 June, 2024 1:45 pm


देउखुरी । लुम्बिनीका ७ जिल्लामा टिमुरखेती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आज सार्वजनिक भएको प्रदेश सरकारको नीति तथा कार्यक्रममा ७ जिल्लामा प्राथमिकताका साथ सुधारिएको प्रविधि र प्रशोधन सुविधासहित टिमुर खेती विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्राकृतिक रुपमा पाइने महत्वपूर्ण प्रजातिका जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावारको संरक्षण र दिगो व्यवस्थापन एवं सम्भावित क्षेत्रमा खेती विस्तार गर्दै प्रदेश भित्र जटिबुटी प्रशोसन उद्योगको सुरुवात गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै रुकुम (पूर्वी भाग),रोल्पा र प्यूठानमा कार्यान्वयन भइरहेको उच्च पहाडी क्षेत्रमा ओखर विकास कार्यक्रमलाई उपयुक्त प्रजातिको खेती विसर गरी थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

उच्चपहाडी र शितोष्ण क्षेत्रमा स्थानीय विपन्न वर्गमा जनताको आम्दानीमा टेवा पुराउन स्थानीय हावापानी सुहाँउदा उच्च मूल्यका बहुउपयोगी काष्ठ तथा गैह्रकाष्ठ प्रजातीको विरुवा उत्पादन र रोपण कार्यलाई तिव्रता दिइने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !