२७ पुस २०८१, शनिबार

पुँजी पलायनलाई रोक्नुपर्नेमा सांसद कुँवरको जोड

प्रकाशित मिति :  3 June, 2024 2:38 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१\०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले पुँजी पलायनलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

उनले बजेटले पुँजी पलायनलाई रोक्न ध्यान पु¥याउन नसकेको बताए । उनले युवाहरू विदेशिइरहेका तथा मध्यम वर्ग र निम्न वर्ग आयस्रोतमा नजोडिएका कारणपनि पुँजीको परिचालन हुन नसकेको बताए । उनले अर्थमन्त्रीले निराशालाई आशामा परिणत गर्नेगरी बजेट ल्याउनुभएको पनि बताए ।

सांसद कुँवरले कृषि क्षेत्रमा आधुनिकीकरण र विचौलियाको अन्त्य गर्नुपर्ने बताए । बजेटले विदेश पलायन हुने विद्यार्थीहरूलाई रोक्न नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !