पाँच प्रदेशमा बिहानैदेखि खण्डवृष्टि, कस्तो रहला आगामी २४ घण्टामा मौसम?
काठमाडौँ। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
मंगलवार बिहानीपख कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, लुम्बीनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आगामी तीन दिनको मौसम सम्बन्धी जानकारीका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।