७ माघ २०८१, सोमबार

प्रतिनिधिसभा वैठक बिहान ११ बजे बस्दै, बजेटमाथि छलफल जारी रहने

प्रकाशित मिति :  4 June, 2024 7:07 am


फाइल फाेटाे।

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलवार बिहान ११ बजे बस्ने भएको छ । सोमबारदेखि चलेकाे बजेटमाथिको छलफल आज पनि जारी रहने लगायतका कार्यसूची रहेका छन् ।

आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । संसदहरुले आज पनि बजेटमाथिको टिप्पणी प्रस्तुत गर्नेछन् ।

संविधानसभा सदस्य तथा पूर्व मन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्तावसमेत आजको कार्यसूचीमा छ ।



प्रतिक्रिया दिनुहोस !