७ माघ २०८१, सोमबार

भारतीय लोकसभा चुनावको नतिजा आज

प्रकाशित मिति :  4 June, 2024 8:58 am


काठमाडौँ । आज भारतीय लोकसभा चुनाव नतिजा सार्वजनिक हुने भएको छ ।

भारतीय चुनाव आयोगका अनुसार लोकसभाका ५४३ सिटमध्ये ५४२ सिटको मतगणना स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेदेखि सुरू हुनेछ।

८ बजेदेखि सुरू हुने मतगणनामा सुरूमा हुलाकमार्फत गरिएको मत गन्ने र त्यसको आधा घन्टापछि विद्युतीय भोटिङको गणना सुरू हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

सोमबार मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलन मार्फत १९ अप्रिलदेखि सुरू भई विभिन्न मितिमा सात चरणमा भएको मतदानमा कुल ९६ करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदान गरेको जानकारी दिएका छन्।

यीमध्ये महिला मतदाताको संख्या ३१ करोड २ लाख रहेको छ। प्रमुख आयुक्त राजीवकुमारले यसपालि ५८.५८ प्रतिशत मतदान भएको बताएका छन्। राजीव कुमारकाअनुसार चुनावी प्रक्रियामा १.५ करोड कर्मचारी र सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !