४ कार्तिक २०८१, आइतबार

तत्काल परीक्षण तिब्र बनाउन र दायरा बढाउन सरकारलाई संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  14 May, 2020 3:10 pm


काठमाण्डौं, १ जेठ ।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमण फैंलदै गएको भन्दै तत्काल परीक्षण तिब्र बनाउन र दायरा बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले सरकारको अहिलेसम्म कोरोना प्रभावितको उपचार,रोकथाम र नियन्त्रणका लागि गरिएका र उपाय र लकडाउनको निर्णय सकारात्मक भएको उल्लेख गर्दै‘नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम तीब्रतापूर्वक बढिरहेकोले स्वास्थ्य परीक्षणको दायरा तिब्र बनाउनुपर्ने । अति आवश्यक स्वास्थ्य स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिने र प्रदेश सरकार,स्थानीय तहलाई स्वास्थ्य सामाग्रीहरु यथाशिघ्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने’ भनेको छ ।

समितिले विदेशमा रहेका मजदुर विद्यार्थी र अन्य सबै नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाईन र आइसोलेशनसहित आवश्यक व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

साथै विदेशमा बस्न चाहनेहरुलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्नुपर्ने आवश्यक देखिएको समितिको भनाई छ ।

समितिले कोरोनाको उपचार,रोकथाम र नियन्त्रणमा संलग्न हुने व्यक्तिको मनोबल उच्च बनाउन आवश्यक रहेको भन्दै,‘उक्त व्यक्तिहरुका लागि चिकित्सक,स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक, सुरक्षाकर्मी र स्वयंसेवकलाई पुणस्तरीय पीपीई लगायतका सामाग्री यथाशिघ्र उपलब्ध गराउने’ भनेको छ ।

संक्रमणबाट बच्न अनिवार्य रुपमा मास्क, स्यानीटाईजर प्रयोग गर्नुपर्ने आवश्यकता भएकाले सर्वसाधारण नागरिकलाई सर्वसुलभ ढंगले उपलब्ध हुने व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिईन् । कारोना रोकथामका लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्रीहरु पीसीआर,पीपीई,माक्स,थर्मलगन लगायत स्वास्थ्य उपकरण,औषधी र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशिघ्र गर्नुपर्ने भन्दै समितिले आईसोलेशन बेड,भेन्टीलेटरहरुको थप व्यवस्था गर्न भनेको छ ।

साथै संक्रमित व्यक्तिसँग कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिनुपर्ने र अन्य विरामीहरुले खानुपर्ने कुनै अभाव हुन नदिन जोड दिनुपर्ने समितिले सरकारलाई भनेको छ ।



प्रतिक्रिया दिनुहोस !