बुधवार कहाँ कहाँ पानी पर्नेछ?
प्रकाशित मिति : 5 June, 2024 7:29 am
काठमाडौँ। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार बिहानीपख बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश, लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,कर्णाली र लुम्बीनी प्रदेशका एक(दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानको विवरण यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ।