८ मंसिर २०८१, शनिबार

प्रतिनिधिसभा बैठक बिहान ११ बजे, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिँदै

प्रकाशित मिति :  5 June, 2024 8:09 am


काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुने भएको छ । आजको वैठकमा पनि आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहने लगायतका कार्यसूची रहेका छन्।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने बुधवारको कार्यसूचीमा रहेको छ ।

अर्थमन्त्री पुनले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ प्रस्तुत गर्ने लगायतका विषय कार्यसूचीमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !